प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने निर्णय गरेसँग मंगलबार साँझ प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा भन्दै सर्वोच्च अदालतप्रति आभार व्यक्त गरेका छन्।
उनले आन्दोलनमा उत्रेका दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई धन्यवाद समेत दिएका छन्।
‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु’, ट्विटरमा अध्यक्ष नेपालले लेखेका छन्।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) February 23, 2021सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।

प्रतिक्रिया