नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय खारेज गरेर स्वागतयोग्य निर्णय गरेको बताएका छन्।
अदालतले स्वतन्त्ररुपमा पुनर्स्थापनाको ऐतिहासिक निर्णय गरेको भन्दै उनले सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन्।
‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो’ मंगलबार साँझ ट्वीट गर्दै देउवाले भनेका छन्, ‘सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’
संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत भएको भन्दै देउवाले सर्वोच्चले संवैधानिक दायित्व पुरा गरेको पनि उल्लेख गरेका छन्।
उनले संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद पनि दिएका छन्।
सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। 1/2

प्रतिक्रिया