प्रचण्ड-माधव समूहको नेकपाका नेता विष्णु रिजालले सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
मंगलबार सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने घोषणा गरेसँगै नेता रिजालले ट्वीट गर्दै राजीनामा नदिए एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्ने बताएका छन्।
‘संसद् पुनर्स्थापना गरेर सर्बोच्च अदालतले हाम्रो संविधान जोगाएको छ। राष्ट्रपति र प्रम मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि उहॉहरू दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’ रिजालले लेखेका छन्, ‘नत्र एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्छ।’
संसद् पुनर्स्थापना गरेर सर्बोच्च अदालतले हाम्रो संविधान जोगाएको छ । राष्ट्रपति र प्रम मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि उहॉहरू दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । नत्र एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्छ ।
— Bishnu Rijal (@bishnurijal1) February 23, 2021

प्रतिक्रिया