राजनीति


राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकारः कमल थापा

राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकारः कमल थापा

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ९:३७,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका छन्।

राप्रपाको प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका हुन्।

थापाले कांग्रेस र कम्युनिष्ट पटक पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरिने दृढता प्रकट गरेका छन्। अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संबैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेको हुँदा राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको र यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता भएको कारण २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरिएको बताए।

उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताएका छन्।

उनले राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको बताए। थापाले भने, ‘संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएकोमा राप्रपाकै कारण परिवर्तनीय बनाईएको उनको छ। राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भएपनि हरेकले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिड्न पाउने स्वतन्त्रता राप्रपाकै कारण भएको उल्लेख गरेका छन्।

कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक लगायतले एजेन्डा सहि भएपनि कार्यकर्ता तहलाइ पार्टीको विचार, सिद्धान्तबारे बुझाउन आवश्यक रहेकाले यस्ता प्रशिक्षण कार्यक्रम फलदायी हुने बताए।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भूवन पाठक, रमानन्द न्यौपाने, राजेश रिजाल लगायतले प्रशिक्षण दिने सहायक प्रवक्ता तथा प्रशिक्षण विभागका सदस्य सचिव रामानन्द न्यौपानेले बताएका छन्। प्रशिक्षण दुई दिन चल्ने र प्रशिक्षक प्रशिक्षण पश्चात जिल्ला तहमा गएर सबै प्रशिक्षकले प्रशिक्षण दिने न्यौपानेले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad