कारोबार


विद्युत् उत्पादन, वितरण र व्यापारमा संरचनात्मक सुधार आवश्यक: ऊर्जामन्त्री

विद्युत् उत्पादन, वितरण र व्यापारमा संरचनात्मक सुधार आवश्यक: ऊर्जामन्त्री

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ९:३७,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, व्यापारजस्ता कार्यहरुमा संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन्। शुक्रबार एसियन इन्स्टिच्युट अफ टेक्नोलजी अल्मुनी एसोसिएसन नेपालले आयोजना गरेको एक दिवसीय सेमिनार कार्यक्रममा ऊर्जामन्त्री पुनले यस्तो बताएका हुन्।

त्यसका लागि मन्त्रालयले कानुनी व्यवस्था गरी उपयुक्त संरचना सुधार गर्ने मन्त्री पुनले बताए। नेपालले भारत, बंगलादेश र चीनसँग अन्तर्देशीय विद्युत् व्यापारको सन्दर्भमा द्विपक्षीय सहमति र सम्झौता गरेको उल्लेख गर्दै मन्त्री पुनले यसअन्तर्गतका विभिन्न तहका संयन्त्रहरु उपलब्धिमूलक तवरबाट क्रियाशील रहेको बताए। कार्यक्रममा ऊर्जामन्त्री पुनले भने, ‘नेपालले ऊर्जा विकासको लागि लिएको लक्ष्य, लक्ष्यप्राप्तिका लागि अवलम्बन गरेका कदमहरु, भावी योजना र क्रियाकलापले यो क्षेत्रमा सकारात्मक प्रभाव परेको छ।’

barsaman pun 22

ऊर्जाका सम्बन्धमा आयोजना हुने अन्तक्र्रियात्मक कार्यक्रमले नेपालको ऊर्जा विकासको लागि ‘पोलिसी इन्पुट’ हुने समेत उनको भनाइ छ। कार्यक्रममा उनले ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गरी भावी कार्ययोजनालाई मध्यनजर गर्दै पाँच वर्षे योजना राष्ट्रिय योजना आयोगबाट भइरहेको जानकारी पनि दिए।

उपभोक्तालाई सस्तो, भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन विद्युत् नियमन आयोग गठन भई काम सुरु भइसकेको उनले बताए। विदेशमा भएका ऊर्जासम्बन्ध राम्रा पद्धतिहरु अनुशरण गर्दै नेपाली ऊर्जा क्षेत्रले ठूलो फड्को मार्न सक्ने तर त्यसका लागि नेपालको ऊर्जा क्षेत्रमा संरचनात्मक सुधारको आवश्यकता रहेको उनले औँल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad