राजनीति


प्रतिगमनलाई जुत्ता हान्दै अनेरास्ववियूका विद्यार्थी (भिडिओ))

प्रतिगमनलाई जुत्ता हान्दै अनेरास्ववियूका विद्यार्थी (भिडिओ))

नेपालखबर
फागुन १०, २०७७ सोमबार १०:५४,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले विभिन्न कार्यक्रम गर्दै आएको छ।

यूनियनले सोमबार नारायणहिटी दरबार संग्रहालय अगाडि प्रतिगमनको प्रतिमा बनाई जुत्ता हान्ने कार्यक्रम गरेको हो।

अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनि सांकेतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको बताए।

उनले भने, ‘आज हामीले प्रतिगमनलाई संकेत मात्रै बनाएर जुत्ता प्रहार गरेका छौँ। प्रतिगमन सच्चिएन र प्रतिगमनका मतियारहरुले यस्ता प्रकारका प्रहशन देखाउँदै जाने हो भने हामी प्रतिगमनका बास्तविक मतियारहरुलाई जुत्ता लगाउन पछि पर्दैनौँ।’

सह-संयोजक तामाङले प्रतिगमन कुनै मूल्यमा पनि नस्वीकार्ने बताए। संविधानको पालना, कानूनको पालना र जनमतको सम्मान गर्न प्रतिगमनका मतियारले आफ्नो पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ। कार्यक्रममा उपस्थित विद्यार्थीहरुले ‘प्रतिगमन मुर्दावाद’, ‘प्रतिगामीहरु होसियार’ लगायतका नाराबाजी समेत गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad