भारतमा एक पुरुष मन्त्री महिला शौचालयबाट निस्कँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भारतको राजस्थान राज्यका उद्योगमन्त्री परसादीलाल मिणाले महिला शौचालय प्रयोग गरेका हुन्।
१९ सकेन्डको भिडओमा मन्त्री परसादीलाल महिला शौचालयमा हात धोएर निस्किँदै गरेको देखिन्छ।
मन्त्री परसादीलाल शौचालयबाट निस्किँदै गर्दा भिडिओ खिच्ने व्यक्तिले भनेका छन्, ‘गुरुदेव ! थोरै माथि नजर लगाउनुहोस् त तपाईंले महिला शौचालय प्रयोग गर्नुभयो।’
त्यसपछि उनी लज्जित हुँदै के मात्रै भनेर बाटो लागेको देखिन्छ। त्यसलगत्तै त्यो महिला शौचालयबाट एक महिला निस्केको देखिन्छ।
महिला शौचालय का सदुपयोग करते हुए राजस्थान सरकार के मंत्री श्री प्रसादी लाल जी मीणा pic.twitter.com/W0lsLxNfyy
— Laxmikant bhardwaj (@lkantbhardwaj) February 18, 2021भारतीय राष्ट्रिय कंग्रसेबाट मन्त्री बनेका परसादीलालविरुद्ध यतिबेला भारतीय जनता पार्टीका नेता/कार्यकर्ताले व्यापक आलोचना गरिरहेका छन्।

प्रतिक्रिया