नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरबाट अदालतलाई दबाब दिने गरी अभिव्यक्ति दिएको बताएका छन्। उनले प्रधानमन्त्रीको उक्त दबाब पदीय मर्यादा विपरीतको भएको बताए।
प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले अदालत दबाबमा नपरोस् भन्दै दाबबमूलक मन्तव्य राखेको बताएका छन्।
उनले प्रधानमन्त्री ओलीले अहिलेसम्म न्यायालयको फैसला स्वीकार्छौं कहिलै नभनेको भन्दै चेतावनी प्रशारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने बताए।
‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ’, प्रधानमन्त्री ओलीलाई मेन्सन गदै प्रवक्ता शर्माले लेखेका छन्, ‘ न्यायालयको फैसला स्वीकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन सक्दैन।’
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 20, 2021अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने @Pm_Nepal को विराटनगर मन्तव्य पदिय गरिमा विपरीत छ !
न्यायालयको फैसला स्विकार्छौं कहिलै नभन्ने
र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन l
प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका थिए। ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबाबमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’, उनले भनेका थिए। उनले सेटिङ भएर जनताको विपक्षमा फैसला आए आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।

प्रतिक्रिया