राजनीति


युवा संघले ५ लाख साइबर सेना बनाउने

युवा संघले ५ लाख साइबर सेना बनाउने

नेपालखबर
फागुन ८, २०७७ शनिबार १२:५७,

ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताएका हुन्।

अध्यक्ष सिंहले समाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने पनि प्रष्ट पारे।

‘आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिस्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुन्छ’, उनले भने।

 यस्तै अध्यक्ष सिंहले आगामी चैत मसान्तभित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरुमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत बताए।

प्रधानमन्त्री ओलीले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षालाई पूरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दी बिनाको सेनाको रुपमा ५ लाख सदस्यता वितरण गर्ने पनि सिंहले बताए।

प्रचण्ड–माधव समूहको सत्तामोहका कारण जनतामा निरासा छाइरहेको अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने समेत अध्यक्ष सिंहले बताए।

आगामी बैशाख १७ र २७ गते हुन गइरहेको मध्यावधि निर्वाचनमा युवा संघ नेपाल केन्द्रित हुने पनि उनले बताए। सरकारलाई गरिएको घेरावन्दीलाई चिरफार गर्दै राष्ट्रिय युवा संघ नेपालमा कुनै धार, गुट र समूह बन्न नदिने पनि अध्यक्ष सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad