राजनीति


विराटनगरमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

विराटनगरमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

नेपालखबर
फागुन ८, २०७७ शनिबार ७:४१,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा कालो झण्डा देखाएका छन्।

विराटनगर विमानस्थलबाट कार्यक्रम स्थलमा जाने क्रममा एयरपोर्ट मोडमा अनेरास्ववियूका नोत कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन्।

 प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको संघर्षमा रहेका नेकपाका कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी समेत गरेका थिए। कालो झण्डा देखाउन र प्रधानमन्त्रीविरुद्ध नारावाजीसहित प्रदर्शन गर्न थालेपछि प्रहरीले धरपकड समेत गरे पनि कसैलाई नियन्त्रणमा भने नलिएको अनेरास्ववियूका केन्द्रीय सदस्य दिपेन्द्र मेहताले बताए।

प्रतिनिधि सभा विघटनको विरोधमा हामीले प्रधानमन्त्री ओलीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हौँ’, आलामले नेपालखबरसँग भने, ‘प्रहरीले विरोध कार्यक्रममा हस्तक्षेप गरेको छ। अहिलेसम्म कसैलाई पक्राउ भने गरेको छैन।'

उनले अनेरास्ववियूका नेता ओसिम आलामको नेतृत्वमा विरोध प्रदर्शन भएको जानकारी दिए।

No description available.

शनिबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले विारटनरमा विशाल आमसभाको आयोजना गरेको छ। सोही आमसभामा सहभागी हुन प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्वाङ लगायत अहिले विराटनगर पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad