राजनीति


श्रमजीवी ऐन लागू गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ

श्रमजीवी ऐन लागू गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १४:४३,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागू गर्न सरकार तयार रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय समाचार समिति(रासस) को हिरक वर्ष प्रवेशका अवसरमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार श्रमजीवी ऐन लागू गर्न तयार रहेको बताएका हुन्। उनले पत्रकार महासंघले श्रमजीवी ऐन लागू गराउनको निम्ति आन्दोलन गरे सरकारको साथ रहने पनि बताए।

पत्रकारहरुले सञ्चार गृहले गरेको अन्याय र शोषणको आक्रोश सरकारलाई व्यक्त गर्ने गरेको उनको भनाई छ।

मन्त्री गुरुङले ब्रेकिङ न्यूजको होडबाजीले आम सञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रप्रति मानिसहरुको विश्वसनीयता घट्ने गरेको पनि बताए।

राससले सबै कुरा नकारात्मक देख्ने, अविश्वास देख्ने, आशंका देखाउने खालको पत्रकारिकता गर्न नहुने तर्फ सचेत गराए। राससको संरचनागत कुरालाई पुनरावलोकन गर्न आवश्यक रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad