ad ad

राजनीति


बालुवाटार स्रोत भन्छ : प्रदेश २ का प्रमुखको बर्खास्ती प्रचण्डलाई सन्देश हो

 बालुवाटार स्रोत भन्छ : प्रदेश २ का प्रमुखको बर्खास्ती प्रचण्डलाई सन्देश हो

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १०:१३,

सरकारले प्रदेश २ प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले परियारलाई हटाएर प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश दिन खोजेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। पूर्व माओवादीका नेतासमेत रहेका परियार प्रचण्ड नेकपाको कार्यकारी हुँदा उनैको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका हुन्।

नेकपामा आएको विभाजनसँगै प्रधानमन्त्री ओलीले प्रचण्डपक्षीय प्रदेश प्रमुख परियारलाई हटाएर सन्देश दिन खोजेको बालुवाटार स्रोतको दावी छ।

‘प्रचण्ड कार्यकारी अध्यक्ष हुँदा उहाँ (तिलक परियार)लाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो’, बालुवाटार स्रोतले भन्यो, ‘अहिले हटाएर प्रचण्डलाई सन्देश दिन खोजिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .