राजनीति


संसद् विघटनविरुद्ध परेको मुद्दामाथिको बहस आज सकिँदै, एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै  पाठक

संसद् विघटनविरुद्ध परेको मुद्दामाथिको बहस आज सकिँदै, एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै  पाठक

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ६:१५,

प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय राख्ने क्रम आज (शुक्रबार) सकिने भएको छ।

एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। यसअघि ४ जना वरिष्ठ अधिवक्ताले इजलासलाई राय दिइसकेका छन्।

तीमध्ये तीन अधिवक्ता संसद विघटन गर्न नमिल्ने पक्षमा देखिएका छन् भने एक अधिवक्ताले संसद विघटन हुन सक्ने राय दिएका छन्। संग्रौलाको राय सकिएसँगै फैसला आउने मिति टुंगो लाग्ने छ।

इजलासले सहयोगीका रुपमा नेपाल बारका तर्फबाट तीन र सर्वोच्च बारका तर्फबार दुई वरिष्ठ अधिवक्ता माग गरेको थियो। वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले यसअघि नै राय दिइसकेका छन्। त्यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। विघटन असंवैधानिक भन्दै परेका रिटमाथि सुनुवाइ अन्तिम चरणमा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .