गत महिनाको नवौं चरणको वार्तापछि हाल लद्दाख नजिकैका सीमा क्षेत्रबाट चीन र भारतीय सेनाहरु सहमतिअनुसार फर्किन थालेका छन्।
यसबीचमा जोशीले भारत र चीनबीच युद्ध हुनै लागेको विषय सार्वजनिक गरेका हुन्।
टाइम्स अफ इन्डियाका अनुसार उत्तरी कमान्डका प्रमुख जोशीले पत्रकारहरुसँग कुरा गर्दै सन् २०२० को अगष्टको अन्तिममा लद्दाखको कैलाश रेन्जमा झन्डै युद्ध भएको बताएका हुन्।
जुन १५ मा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। सो घटनाको दुई महिना नबित्दै झन्डैले युद्ध भएको थियो।
उनले भनेका छन्,‘हामी युद्धको अवस्थामा पुगेका थियौं। तर पछि त्यो टर्यो।’
उनका अनुसार अगष्ट २९ देखि ३० तारिखमा भारतीय सेनाले पाङगोङ सो ताल नजिकैको कैलाश रेन्जलाई नियन्त्रणमा लिएको थियो त्यहाँ भारतीय सेनाले ट्यांक पनि लगिसकेका थिए।
त्यसपछि नै चिनियाँ जनमुक्ति सेनाले उच्च उचाइको क्षेत्रमा ट्यांक लगेका थिए तर भारतीय सेनाहरु त्यसबेला ट्यांक र रकेट लन्चरका साथ तयार लिए।
Shares

प्रतिक्रिया