सामाजिक सञ्जाल फेसबुकमा चर्चित ग्रुप ‘दाह्री ग्याङ’का युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
बुधबार साँझ दाह्री ग्याङका युवाहरूले प्रधानमन्त्री ओलीसँग भेट गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा सल्लाहकार थापाले उक्त भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘राष्ट्रका लागि युवा, दाह्री ग्याङसँगको भेट।’
राष्ट्रका लागि युवा- दा-ही ग्याङसँगकाे भेट । pic.twitter.com/h9CTcHbZLS
— Surya Thapa (@ThapajiSurya) February 18, 2021‘राष्ट्रका लागि युवा अभियान’मा आवद्ध दाह्री ग्याङका युवाहरूले उक्त भेटमा अन्तर्राष्ट्रिय रकेट प्रोजेक्ट ‘गरुडा’का बारेमा जानकारी गराएको यसै प्रोजेक्टमा काम गरिरहेका विद्यार्थी मोहन तामाङले जानकारी दिए। उनले प्रधानमन्त्री ओलीले आफूहरुलाई लागि पुनः छलफलमा बोलाउने बताएको जानकारी दिए।
‘प्रधानमन्त्रीसँगको भेटमा अन्तर्राष्ट्रिय रकेट प्रोजेक्ट ‘गरुडा’को बारेमा कुरा भयो’, नेपालखबरसँग तामाङले भने, ‘प्रधानमन्त्रीले हामीहरुलाई पुनः छलफलका लागि बोलाउँछु भन्नुभएको छ।’
उक्त भेटवार्तामा ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि सहभागी थिए।
राष्ट्रका लागि युवा’ अभियानमा दाह्री ग्याङसहित विभिन्न क्षेत्रमा क्रियाशील १५० भन्दा बढी संघसंस्था अवद्ध छन्।
Shares

प्रतिक्रिया