समाज


डोनाल्ड ट्रम्पको ३४ तलाको होटल यसरी भत्काइयो (भिडिओ)

डोनाल्ड ट्रम्पको ३४ तलाको होटल यसरी भत्काइयो (भिडिओ)

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ८:४०,

एटलान्टा सिटीस्थित न्यु जर्सीमा रहेको होटललाई ३ हजार डाइनामाइट स्टिक विस्फोट गराई भत्काइएको हो।

सन् १९८४ मा निर्माण गरिएको उक्त भवन बुधबार भत्काइएको एनबीसी न्युजले जनाएको छ।

उक्त होटल क्यासिनोको लागि निकै प्रचलित थियो। त्यहाँ विश्वका चर्चित सेलिब्रिटीहरु जाने गर्दथे।

May be an image of outdoors

तर सन् २००९ मा आर्थिक मारमा परेर टाटपल्टिएको बताउँदै ट्रम्पले उक्त होटलसँगको सम्बन्ध त्यागेका थिए।

सन् २०१४ मा आएर उक्त होटल बन्द हुन पुगेको थियो। त्यसयता उक्त होटल खाली थियो।

बुधबार बिहानै अमेरिकी समयअनुसार ९ बजेर ८ मिनेटमा होटल भत्काइएको जनाइएको छ। २० सेकेन्ड भित्र होटल भत्किसकेको थियो।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad