राजनीति


दुई साताभित्र भारतबाट २० लाख डोज कोरोना खोप आउँछ : स्वास्थ्यमन्त्री

दुई साताभित्र भारतबाट २० लाख डोज कोरोना खोप आउँछ : स्वास्थ्यमन्त्री

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ८:१६,

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको बताएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले ४ डलरका दरले सहुलियतमा खरिद गर्न लागेको उक्त खोप दुई साताभित्र नेपाल आउने जानकारी दिए।

‘प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसकेका छौं। आउने दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने अवस्था छ,’ मन्त्री त्रिपाठीले भने।

उक्त खोप फागुन २३ गतेदेखि जोखिम समूहमा रहेका ५५ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई लगाइनेछ। यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइने मन्त्री त्रिपाठीले जानकारी दिए।

त्यसबाहेक कोभ्याक्सले प्रतिवद्धता जनाएअनुसार साढे २२ लाख डोज खोप प्राप्तीका लागि आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad