राजनीति


कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति

नेपालखबर
फागुन ५, २०७७ बुधबार ११:४७,

नेपाली कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने भएको छ।

भदौ महिनाको ७, ८,९ र १० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले बताए।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच महाधिवेशनको मितिमा सहमति भएपछि सो प्रस्ताव पारित गर्न अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।

दुबै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ।

बुधबार दिउँसो २ बजेका लागि बोलाएको बैठक तीन घण्टा ढिला सुरु हुन लागेको कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपालखबरलाई जानकारी दिए।

बैठकमा प्रस्तुत हुने रणनीति र प्रस्ताव तय गर्न वरिष्ठ नेता पौडेलले विहान ११ बजेदेखि आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए।

त्यसपछि सभापति देउवा र नेता पौडेलबीच छलफल भएको थियो।

निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले एकवर्ष म्याद थप गरेको थियो। जसको म्याद फागुन १९ गते सकिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad