नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले युवाको एकता केन्द्र, प्रदेश र जिल्लामा एकैपटक टुंग्याउने तयारी भइरहेको बताएका छन्।
बिहीबार बिराटनगरमा युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले युवाको एकता साउन महिनाभित्रै टुंगोमा पुर्याउने गरि गृहकार्य अगाडि बढेको बताए। अध्यक्ष सापकोटाले भने, ‘साउनभित्रै एकता टुंग्याउने तयाीमा छौँ। केन्द्र प्रदेश र जिल्लाको एकता एकैपटमा टुंगिन्छ।’
प्रदेश १ का युवाहरुको भावना बुझ्न भन्दै पूर्वमाओवादी निकट युवाहरुको सो समूह बिहीबार बिराटनगर पुगेको हो। सो समूहका तत्कालीन वार्इसीएल महासचिव सुवोधराज सेर्पाली, सचिवद्वय मिङ्मा डण्डु शेर्पा र पूर्ण भुजेल लगाएतका रहेको युवा संघका एक नेताले नेपालखबरलाई बताए।
सो टोली प्रदेश १ का जिल्लाका युवाहरुसँग भेटघाटपछि काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।
अध्यक्ष सापकोटा यसअघि गण्डकी प्रदेशमा यस्तै भेटघाट कार्यक्रम गरेको थियो। तत्कालीन माओवादी र एमालेबीच एकता हूँदा युवा संगठनको नेतृत्व माओवादीको भागमा परेको थियो।

प्रतिक्रिया