राजनीति


सत्तास्वार्थले अन्धा भएकाहरु विदेशी शक्तिको आडमा अगाडि बढ्न खोजे : प्रवक्ता श्रेष्ठ

सत्तास्वार्थले अन्धा भएकाहरु विदेशी शक्तिको आडमा अगाडि बढ्न खोजे : प्रवक्ता श्रेष्ठ

नेपालखबर
फागुन ५, २०७७ बुधबार ८:४९,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा संविधान र लोकतन्त्रमाथि प्रहार भएसँगै विदेशी हस्तक्षेप पनि बढ्दै गएको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गरेर उनीहरुकै आडभरोसामा अगाडि बढ्ने प्रवृत्ति पुनरावृत्ति भएको बताएका हुन्।

‘देश गम्भीर संकटबाट गुज्रँदैछ। संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ’, प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ।’

उनले विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका बताए।

उनले सम्पूर्ण देशभक्त शक्तिहरु एक भएर प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्दै राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न आग्रह समेत गरेका छन्।

‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्’, उनले फेसबुकमा लेखेका छन्, ‘सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad