नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई बराबरीमै रोकेपछि महिला लिगको उपाधि दुई खेलअगावै एपीएफले जितेको छ।
राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आजको खेलमा दुई विभागीय टोलीले बराबरी खेलेसँगै ३० अंकसहित शीर्षस्थानमा रहेको एपीएफले उपाधि आफ्नो पोल्टामा पारेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मी र पुलिस क्लबले १–१ गोलको बराबरी खेलेका हुन्।
पहिलो गोल पुलिसले गरेकाे थियाे। अमृता जैसीले गोल गर्दै पुलिसलाई १–० को अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याइन्। त्यसपछि कुनै गोल भएन र दुवै टोलीले अंक बाँडे।
जारी लिगमा आर्मीले अब १ खेल खेल्न बाँकी छ। आर्मीको लिग तालिकामा २६ अंक र एपीएफको ३० अंक छ। एपीएफले आजै विराटनगर महानगरपालिकासँग खेल्दै छ। अन्तिम खेल एपीएफले आर्मीसँग खेल्नेछ।
Shares

प्रतिक्रिया