राजनीति


सडकमा ट्यांक उतारेर इन्टरनेट बन्द गरिएको म्यान्मारमा सुचीको हिरासत अवधि थपियो

सडकमा ट्यांक उतारेर इन्टरनेट बन्द गरिएको म्यान्मारमा सुचीको हिरासत अवधि थपियो

नेपालखबर
फागुन ३, २०७७ सोमबार ९:४५,

बीबीसीका अनुसार स्थानीय समय १ बजेपछि त्यहाँ इन्टरनेट पनि बन्द गरिएको छ। त्यहाँको सैनिक सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल यसअघि नै बन्द गराइसकेको छ।

म्यान्मारी सेनाले यही फेब्रुअरी १ देखि लोकतन्त्रवादी नेत्री आङ साङ सुची, राष्ट्रपति, मन्त्रीहरूसहित सबै प्रजातान्त्रिक नेतालाई नजरबन्दमा राखेर सत्ता हातमा लिएको हो।

जसको विरोधमा लगातार भइरहको जनप्रदर्शन रोक्न सडकमा सैनिक तैनाथ गरिएको अनुमान गरिएको छ।

सडकमा ट्यांक लगायतका बख्तरबन्द गाडीहरु तैनाथ गरेकै दिन सेनाले नेत्री सुचीको हिरासत अवधि पनि सोमबार लम्ब्याएको छ।

सोमबार हिरासतबाट मुक्त गरिने भनिएता पनि उनलाई अझै दुई दिन अर्थात् बुधबारसम्म हिरासतमा राखिने बीबीसीहिन्दीले जनाएको छ।

Image result for myanmar protest

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad