नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ।
सुगर र पिसाबको समस्या देखिएपछि सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका नेता सिंहको स्वास्थ्यमा सुधार आएको उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए।
सिंहलाई डा. मिमी गिरीको टोलीले उपचार गरिरहेको छ। डा गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ।
3
Shares
प्रतिक्रिया