राजनीति


पाकिस्तानलाई निर्णय पुनर्विचार गर्न भारतको आग्रह

पाकिस्तानलाई निर्णय पुनर्विचार गर्न भारतको आग्रह

नेपालखबर
साउन २३, २०७६ बिहिबार १०:२६,

बुधबार पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्ध कम गर्ने र कारोबार बन्द गर्ने निर्णय गरेको थियो।

भारतले बिहीबार पाकिस्तानलाई उक्त कदमबाट पछाडि हट्न आग्रह गरेको हो।

बिहीबार यसको प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयले भनेको छ,‘भारत सरकारविरुद्ध पाकिस्तानले लिएको फैसलाप्रति भारतले खेद प्रकट गर्दछ। हामी पाकिस्तानलाई ती फैसला पुनर्विचार गर्नका लागि अपिल गर्दछौ ताकि कुटनीतिक सम्पर्क सामान्य होस्।’

पाकिस्तानले आफ्ना कुटनीतिज्ञहरु भारतबाट फिर्ता बोलाउने र भारतका कुटनीतिज्ञलाई भारत नै पठाउने पनि बताएको थियो।

भारतले उसको संविधानको धारा ३७० खारेज गरेसँगै जम्मु कस्मिरको विशेषाधिकार खोसिएको छ। भारतको यस कार्यबाट कस्मिरका बहुुसंख्यक मुसलमान बिस्थापित हुने पाकिस्तानको भनाइ रहेको छ।

भारतले यस निर्णय जम्मु कस्मिरकै लागि फलदायी भएको जनाएको छ। एजेन्सी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .