राजनीति


फरक पार्टीमा भए पनि बाबुरामजी र मलाई इतिहासको कर्मले पनि अलग हुन दिँदैन : प्रचण्ड

फरक पार्टीमा भए पनि बाबुरामजी र मलाई इतिहासको कर्मले पनि अलग हुन दिँदैन : प्रचण्ड

नेपालखबर
फागुन १, २०७७ शनिबार ११:२१,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू मुद्दाका हिसाबले एउटै मोर्चामा रहेको बताएका छन्।

शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले डा. भट्टराई र आफू फरक–फरक पार्टीमा भए पनि मुद्दा र इतिहासका कर्मका हिसाबले एकै ठाउँमा भएको बताएका हन्।

‘बाबुरामजी र म एउटै पार्टीमा छैनौँ तर मुद्दाका कारणले एउटै मोर्चामा छौँ’, उनले भने, ‘इतिहासका हाम्रा कर्मका कारणले हामी अलग हुन खोज्दा पनि फेरि चुम्बकले तानेजस्तो नजिक ल्याइनै राखेको छ, हामीलाई अलग हुन दिँदैन।’

उनले जनयुद्धका हजारौँ सहिद, घाइते, बेपत्ता योद्धाहरुले आफूहरुलाई अलग हुन नदिने उनको भनाइ थियो।

उनले इतिहासका ती दिनले आफूहरुलाई एक ठाउँमा आउन प्रेरित गरेको भन्दै निमन्त्रणका लागि डा. भट्टराईलाई धन्यवाद समेत दिए।

उनले पुस्तक विमोचन कार्यक्रमलाई आफूले गम्भीर रुपमा लिएको भन्दै इतिहासलाई समीक्षा गरेर फेरि एकपटक मोर्चा कस्नुपर्ने संकल्पका रुपमा लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad