राजनीति


जनयुद्धकालीन सहयोद्धा प्रचण्ड र बाबुराम भट्टराई आज एउटै मञ्चमा आउँदै

जनयुद्धकालीन सहयोद्धा प्रचण्ड र बाबुराम भट्टराई आज एउटै मञ्चमा आउँदै

नेपालखबर
फागुन १, २०७७ शनिबार ३:४२,

आज जनयुद्ध दिवस अर्थात् २०५२ मा तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १।

अहिले त्यो पार्टीका नेता/कार्यकर्ता विभिन्न दलमा विभाजन भइसकेका छन्। त्यसका तत्कालीन दुई नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई पनि अहिले अलग-अलग पार्टीकाे नेतृत्वमा छन्।

अहिले प्रचण्ड नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष छन् भने डा. भट्टराई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष। 

prachanda baburam

यी दुई नेता एउटै मञ्चमा उपस्थित नभएको सम्भवतः निकै समय भइसकेको छ।

यसै क्रममा कम्तीमा प्रतिनिधि सभा विघटन (पुस ५ गते) यता पहिलोपटक जनयुद्ध दिवसकै अवसरमा आज उनीहरू एकसाथ एकै मञ्चमा उपस्थित हुने भएका छन्।

डा. भट्टराईले लेखेको ‘गुमनाम आमाहरूको कथा’ पुस्तक विमोचन समारोहमा प्रचण्ड वक्ताका रूपमा सहभागी हुने भएका हुन्।

प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने चर्चा भइरहेका बेला प्रचण्ड र डा. भट्टराई तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले पनि एकै मञ्चबाट बोल्ने भएका हुन्।

साथै कार्यक्रममा नेता अशोक राई तथा डा. मीना पौडेल र डा. अरुण गुप्तो पनि वक्ताको सूचीमा छन्।

बालुवाटारस्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे विमोचन कार्यक्रम राखिने आयोजकले जनाएको छ।

GumnamAamaharu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad