समाज


मुख्यमन्त्री कार्यालयको स्कारपियोले ठक्कर दिँदा टेम्पो चालकको मृत्यु

मुख्यमन्त्री कार्यालयको स्कारपियोले ठक्कर दिँदा टेम्पो चालकको मृत्यु

नेपालखबर
फागुन १, २०७७ शनिबार ३:२३,

सिरहाको चोहर्वा सिरहा सडकखण्डमा पर्ने विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ।

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २-०२००१ झ ००५७ नम्बरको स्कारपियोले स १ ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका-१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो।

स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी र त्यसका चालक जनकपुरधाम उपमहानगरपालिका-७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad