ad ad

राजनीति


पूर्वमा प्रभाव बढाउने प्रचण्ड–नेपाल समूहको कसरत, तीन जिल्लाका सभालाई अध्यक्ष नेपालले सम्बोधन गर्ने

पूर्वमा प्रभाव बढाउने प्रचण्ड–नेपाल समूहको कसरत, तीन जिल्लाका सभालाई अध्यक्ष नेपालले सम्बोधन गर्ने

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ९:९,

प्रतिनिधि सभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबारदेखि पूर्वका जिल्लामा विरोध कार्यक्रम राखेको छ।

शनिबार धनकुटामा, आइतबार तेह्रथुममा र सोमबार सुनसरीमा विरोध कार्यक्रम राखिएको नेकपाले जनाएको छ। तीनै जिल्लाका कार्यक्रमलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दैछन्।

कार्यक्रममा अध्यक्ष नेपालसहित स्थायी समिति सदस्य वर्षमान पुन, स्थायी समिति सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य विष्णु रिजाल लगायतका नेताहरुले सम्बोधन गर्ने तय भएको नेकपाले जनाएको छ।

प्रधानमनत्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ। प्रधानमन्त्रीको कदमविरुद्ध सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल पक्षले माघ ९ र २८ गते काठमाडौंमा, माघ १५ गते बुटवल, माघ १६ गते विराटनगर र १७ गते धनगढीमा बृहत विरोध सभा गरिसकेको छ।

केही ठूला सभापछि नेकपा जिल्ला केन्द्रित विरोध सभा तथा भेला प्रशिक्षण कार्यक्रम गर्न लागेको हो। नेकपाले पूर्वका जिल्लामा आफ्नो प्रभाव बढाउनेगरी प्रधानमन्त्रीको कदम विरुद्ध जिल्लास्तरीय प्रदर्शनमा उत्रिन लागेको हो।

प्रदेश १ का तीन जिल्लामा हुने विरोध सभा जनसमर्थन आफूतिर तान्न केन्द्रित हुने नेकपाले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .