ad ad

समाज


देशभर आगलागीका नौ घटना, दुई जना घाइते

देशभर आगलागीका नौ घटना, दुई जना घाइते

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ८:५५,

पछिल्लो २४ घण्टामा देशका विभिन्न नौ स्थानमा आगलागीका घटना भएका छन्। ती घटनामा परी दुई जना घाइते भएका छन् भने कराेडाैंको धनमाल क्षति भएको छ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विभागका अनुसार सिरहाका तीन स्थान, सोलुखुम्बु, पर्सा, मोरङ, भोजपुर, धनकुटा र झापामा आगलागी भएका छन्।

सिरहाको लहान नगरपालिका–१४ जयकाली ईंट्टा भट्टामा काम गर्ने वर्ष २१ की एक महिला चिया पकाउने क्रममा अचानक ग्यास लिक हुँदा घाइते भएकी छन्। घाइतेको राप्ति उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, सुखिपुर गाउँपालिका–९ वैशाखा बस्ने वर्ष २९ की अर्की महिला दाउराले चिया पकाउने क्रममा अचानक आगो सल्किन गइ घाइते भएकी छन्।

यता, सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ स्थित एक घरमा आगलागी हुँदा नगद सात लाखसहित तीन करोड ९३ लाख, १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .