नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी अपराध महाशाखा बानेश्वर लगिएको छ।
झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा मुलुकी संहितासम्बन्धी ऐनको दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।
झाँक्रीले केहि दिनपहिले गोरखामा भाषण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सो आरोप लगाइएको हो।
‘उहाँ अहिले कार्यालयमैं हुनुहुन्छ,’ महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।
उनलाई प्रहरीले बिहीबार शंखमुलस्थित उनको निवासमै पुगेर पक्राउ गरेको हो।
झाँक्रीलाई पक्राउ गरेपछि त्यसविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, नेपाली कांग्रेस लगायतका नेताहरुले सोको विरोध गरेका छन्।

प्रतिक्रिया