बंैक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्डवाहक ग्राहकहरुलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि ईएमआई सुविधा ल्याएको छ।
सामान्यतया भ्यालेन्टाइन डे (प्रणय दिवस)मा आफूलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आइरहेको जनाउँदै बैंकले यसै अवसरलाई मध्यनजर गरी बालाजी डाइमण्ड, विशाल बजार र बालाजी डाइमण्ड एण्ड ज्वेलर्स, लबिम मलसँगको सहकार्यमा छुट अफर गरेको हो।
अफरअनुसार ग्राहकहरुलाई गरगहना खरिदको लागि ईएमआई सुविधा ल्याइएको छ। यसमा ग्राहकहरुले ४० हजारदेखि ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन्।
यो योजनाबाट गरगहना खरिद गर्ने ग्राहकहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन् भने १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुनेछ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया