नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरोध गर्नेलाई झालखानामा राखेर तर्साउन खोजिएको बताएका छन्।
बिहीबार दिउँसो प्रहरीले राज्यविरुद्धको कसुरमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर लगाएर निवासबाटै प्रहरीले पक्राउ गरेपछि नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
राष्ट्रिपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको हो।
नेता थापाले सरकारले झ्यालखानामा राखेर तर्साउँदैमा सत्य बोल्नेको मुख बन्द नहुने भन्दै झ्यालखानाको संख्या थप गर्न सुझाब समेत दिएका छन्।
‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? उहिले महाराजा अहिले राष्ट्रपति१ सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन’, थापाले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया