प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउको विरोध गरेका छन्।
प्रहरीले बिहीबार दिउँसो झाँक्रीलाई निवासबाटै पक्राउ गरेपछि नेता शर्माले उनको पक्राउ स्वतन्त्रताको हनन् मात्र नभएर देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र भएको बताएका छन्।
‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो’, नेता शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
राष्ट्रिपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यत्तिः दिएको भन्दै झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुमा पक्राउ गरेपछि अहिले नेकपाका नेता कार्यकर्ता त्यसको विरोधमा उत्रिएका छन्।

प्रतिक्रिया