राजनीति


ओली राष्ट्रकै गद्दार नेता हुन् : अन्सारी

ओली राष्ट्रकै गद्दार नेता हुन् : अन्सारी

नेपालखबर
माघ २८, २०७७ बुधबार ८:४८,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य मोहम्मद महेफुल अन्सारीले ओली इतिहासकै गद्दार नेता भएको बताएका छन्।

प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओली सद्दाम हुसेन बन्न खोजिरहेको बताए।

‘उहाँले (ओलीले) पार्टीलाई जुन किसिमको धोका दिनु भएको छ, उहाँ यो राष्ट्रको ठूलो गद्दार हो, यस्तो गदार नेता इतिहासमा तपाईं पाउनुहुन्न’, अन्सारीले भने, ‘उहाँ सद्दाम हुसेन बन्न चाहनुहुन्छ, कम्युनिस्ट पार्टीका नाममा हामी सद्दाम हुसेनलाई हामी स्वीकार्न सक्दैनौँ।’

उनले ओलीको प्रतिगमन नसच्याएसम्म, अदालतले प्रतिनिधि सभा पुनस्र्थापना नगरुन्जेल आन्दोलन जारी रहने बताए। उनले अदालतलाई सेटिङमा नपर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad