राजनीति


अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको सुनुवाइ जारी रहने

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको सुनुवाइ जारी रहने

नेपालखबर
माघ २८, २०७७ बुधबार ०:५८,

अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया जारी रहने भएको छ।

त्यहाँको माथिल्लो सदन सिनेटले ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको हो। जसअनुसार सुनुवाइका पक्षमा ५६ र विपक्षमा ४४ मत खसेका छन्।

बीबीसीका अनुसार सुनुवाइ जारी राख्नुपर्ने पक्षमा ट्रम्पकै पार्टी रिपब्लिकनका पनि ६ जनाले मतदान गरेका छन्।

योसँगै ट्रम्पविरुद्धको महाभियोगबारे सुनुवाइले निरन्तरता पाउने भएको हो।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शासन सत्ता सम्हाल्नुअघि उनको जितको प्रमाणीकरण गर्न यही जनवरी ६ तारिखका दिन सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले संसद् भवनभित्रै आक्रमण गरेका थिए। जसमा परी एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो।

त्यो हिंसा ट्रम्पकै उक्साहटमा भएको आरोप लगाउँदै उनीविरुद्ध अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा महाभियोग दर्ता गरिएको हो। जुन त्यहाँबाट पारित भएर माथिल्लो सदनमा लगिएको हो।

याे पनि : राष्ट्रपति पदबाट हटेपछि बदलियो ट्रम्पको जीवन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad