ग्लोबल


रूसमा आवासीय भवनमा आगलागी, कम्तिमा पाँच जनाको मृत्यु

रूसमा आवासीय भवनमा आगलागी, कम्तिमा पाँच जनाको मृत्यु

नेपालखबर
माघ २८, २०७७ बुधबार ०:२३,

रूसको कोमी क्षेत्रको एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ।

रुसको समाचार संस्था (तास) का अनुसार कोमी राज्यको राजधानीमा आगलागी भएको हो। आगलागीपछि घटनास्थलमा उद्धारकर्मी पुग्दा कम्तिमा पाँच जनाको मृत्यु भइसकेको थियो।

आगलागीमा परेर मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका अधिकारीहरुले जनाएका छन्। प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ।

आगलागीका कारण केही व्यक्ति घाइते भएका छन्। आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad