राजनीति


आफू ओलीको कदमविरुद्ध रहेको निवर्तमान सांसद समिना हुसेनको स्पष्टोक्ति

आफू ओलीको कदमविरुद्ध रहेको निवर्तमान सांसद समिना हुसेनको स्पष्टोक्ति

नेपालखबर
माघ २७, २०७७ मंगलबार १०:५०,

प्रतिनिधि सभाकी निवर्तमान सांसद समिना हुसेनले आफू प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने ‘असंवैधानिक कदम’ विरुद्ध रहेको स्पष्ट पारेकी छन्।

मंगलबार विज्ञप्ति प्रकाशित गरी रौतहटकी पूर्व सांसद हुसेनले प्रधानमन्त्री ओली पक्षले विभिन्न प्रलोभन दिने गरेको भन्दै कुनै पनि प्रलोभनमा नपर्न कार्यकर्ताहरुसँग आग्रह गरेकी छन्।

‘केपी ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता विभिन्न कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षडयन्त्र गरिरहेका छन्’ उनले भनेकी छन्, ‘म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सम्पूर्ण कार्यकर्ता, मुस्लिम समूदाय, मधेशी समूदाय, महिला र विशेष गरी प्रदेश २ रौतहट निवासी सम्पूर्ण श्रमजीवी जनताहरुमा निर्धक्कसँग सबैखाले भ्रम चिर्दै केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्ध चालिएका आन्दोलनमा सहभागी हुन र सत्ताको कुनैपनि प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad