सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव दीर्घराज मैनालीलाई सिफारिस गरेको छ।
अर्थ मन्त्रालयले हाल राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मैनालीलाई आन्तरिक राजस्वमा लैजान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिसको पत्र पठाएका हुन्।
दीर्घराज मैनाली प्रधानमन्त्री नजिकका व्यक्ति हुन्। उनसँगै महानिर्देशकको प्रतिस्पर्धामा गण्डकी प्रदेशमा सचिवको रुपमा कार्यरत चन्द्रकला पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत बलराम रिजाललगायतथिए।
अर्थ मन्त्रालयकै सहसचिवद्वय झक्क प्रसाद आचार्य र रामेश्वर दंगाललाई पनि अर्थमन्त्री पौडेलले आन्तरिक राजस्वको महानिर्देशक बनाउन चाहेका थिए।
यी दुवै सहसचिव बढुवाको लागि प्रदेश जानुपर्ने भएको र लामो समय विभागमा रहन नसकिने आँकलनमा महानिर्देशक जस्तो आकर्षक पद अस्वीकार गरेका थिए।

प्रतिक्रिया