राजनीति


निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले गरे १ घण्टा छलफल

निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले गरे १ घण्टा छलफल

नेपालखबर
माघ २७, २०७७ मंगलबार ७:१४,

प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेका छन्।

मंगलबार बिहान ११.५० बजे निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग १२.५० बजेसम्म छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिए।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए।

Oli ElectionCommission nirbachan chhalphal

मंगलबारको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका बारेमा जानकारी लिँदै अगाडि तयारी अगाडि बढाउन आग्रह गरेको थापाले जानकारी दिए।

‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो’, छलफलपछि पत्रकारसँग सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनुभएको छ।’

उनले आज प्रधानमन्त्री ओली पार्टीका तर्फबाट नभई सरकारका तर्फबाट निर्वाचनको तयारी बुझ्न आयोग आएको जानकारी दिए।

यसअघि ओली नेतृत्वको नेकपाका पार्टी कार्यालय सचिव ईश्वरी रिजालले नेकपा दावी गर्नका लागि निर्वाचन आयोग आएको जानकारी दिएका थिए।

suryanirwachan

सोही क्रममा आयोगका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई माघको २० गते पार्टी विभाजन भएको र आफूहरु आधिकारिक भएको दावीसहित निवेदन दिएको जानकारी गराएका थिए।

उक्त विवादबारे प्रधानमन्त्री ओलीले विगतका अभ्यास र कानुन हेरेर फैसला गर्न निर्वाचन आयोगलाई सुझाब दिएको थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad