म्यानमारमा आफूविरुद्ध आन्दोलन बढ्दै गएपछि सैनिक सरकारले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको भए पनि नागरिकले प्रदर्शन जारी राखेका छन्।
त्यहाँ कार्यरत पत्रकार दीपक भट्टराईका अनुसार रंगुन सहरमा सयौंको संख्यामा प्रदर्शनकारी भेला भइरहेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘५ जनाभन्दा धेरै भेला हुन नपाउने सरकारी निषेधाज्ञाको अवज्ञा गर्दै बिहान ९ बजेपछि रंगुन, मान्डलेसहितका ठूला सहरमा जुलुस निस्केका छन्। रातभर कर्फ्यु थियो। निषेधाज्ञाको अवहेलना गर्दै नागरिक सडकमा आएपछि कतै झडप हुने को भन्ने डर स्थानीयले व्यक्त गरेका छन्।’
4th Days: Mass Protests Against Military Coup in Yangon #WhatIsHappeningInMyanmar pic.twitter.com/uwFCgk2eee
— Kyaw Hsan Hlaing (@kyawhsanhlaing1) February 9, 2021

प्रतिक्रिया