राजनीति


चीनले लद्दाख नजिकै तैनाथ गर्‍यो क्षेप्यास्त्रसहित अत्याधुनिक हतियार, तनाव कम नहुने संकेत

चीनले लद्दाख नजिकै तैनाथ गर्‍यो क्षेप्यास्त्रसहित अत्याधुनिक हतियार, तनाव कम नहुने संकेत

नेपालखबर
माघ २६, २०७७ सोमबार ७:३२,

सोही क्रममा हालै नवौं चरणको सैन्यवार्ता सम्पन्न भएको थियो। तर चीनले दुई देशबीचको ३ हजार ४८८ किलोमिटरको वास्तविक नियन्त्रण रेखा एलएसीको तनाव कम गर्ने कुनै संकेत दिएको छैन।

हिन्दुस्तान टाइम्सको समाचारअनुसार चिनियाँ सेनाले लद्दाख नजिकैको तिब्बती क्षेत्रमा क्षेप्यास्त्र, स्वचालित होवित्जर बन्दुक, आर्टिलेरी गनजस्ता लामो दुरीमा आक्रमण गर्नसक्ने अत्याधुनिक हतियार तैनाथ गरेको छ।

इन्डियन नेसनल सेक्युरिटी प्लानर्सलाई उदृत गर्दै टाइम्सले लेखेको छ,‘चिनियाँ जनमुक्ति सेनाले तीन सेक्टरमा नयाँ सेना र हतियारहरु तैनाथ गर्ने काम गरिरहेका छन्। सैनिकहरुलाई भारी सैन्य उपकरणको साथ पठाइँदैछ। उनीहरुले पाङगोङ सो ताल क्षेत्रमा पनि नयाँ निर्माण कार्य गरिरहेका छन्।’

गलवान उपत्यकासँगै पाङगोङ सो ताल पनि विवादित क्षेत्र मानिन्छ। यहाँ भारत र चीनले आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्।

यसैबीच भारतले चीनसँगको एलएसीमा निगरानी बढाएको टाइम्स अफ इन्डियाले जनाएको छ।

समाचारका अनुसार भारतले ड्रोन, सेन्सर सैनिक सर्वेक्षण र विद्युतीय युद्ध उपकरण तैनाथ गरेर चिनियाँ सेनाको निगरानी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad