धरहराको २१ तला निर्माण सम्पन्न भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१ तला पूरा भई २२औँ तलाको निर्माणकार्य सुरु भएको जानकारी दिएका हुन्।
२०७२ वैशाखमा भूकम्पमा धरहरा भत्किएसँगै पुनर्निर्माण प्राधिकरणले नयाँ धरहराको निर्माणकार्य सुरु गरेको थियो। २२औँ तला निर्माणकार्य सकिएसँगै सुनको जलपसहितको गजुर राखिने आयोजनाले जानकारी दिएको छ।
‘हामीले २१ तलाको निर्माणकार्य सकेर २२ तलाको काम गर्दै छौँ’, प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठले भने, ‘गजुर निर्माणको काम भइरहेको छ। २२ तला सकिएपछि अबको डेढ महिनामा गजुर राख्छौँ।’
उनले पुरानै धरहराको गजुरमा सुनको जलप थप गरी राखिने बताए।
‘गजुरमा कति सुन राख्ने भन्ने पुरातत्व विभागसँग छलफल भइरहेको छ’, श्रेष्ठले भने।

प्रतिक्रिया