कटाक्ष गर्न माहिर लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्।
प्रतिगामी तानाशाहका अन्तिम दुई अस्त्र नश्लीय राष्ट्रवाद र धर्मान्धता भएको उल्लेख गर्दै साहित्यकार संग्रौलाले प्रधानमन्त्री ओली पनि अहिले त्यही बाटोमा लागेको आरोप लगाएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘ढोंगी राष्ट्रवादको नित्य रटना, ठोरीमा रामको आविष्कार, पशुपतिमा पूजा–भक्ति, पशुपतिमै जलहरी र हिन्दु विश्ववाद्यालय, हिन्दु राजतन्त्रप्रतिको अनुराग यसैका प्रमाण हुन्। मर्नुअघि कमिलाका प्वाँख पलाए त, मान्यवर !’
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीको अहिले देशव्यापी विरोध भइरहेको छ। राजनीतिक दल, नागरिक समाज, लेखक, बुद्धिजीवी, कलाकार, पत्रकार सबै आन्दोलित छन्।

प्रतिक्रिया