राजनीति


गरिबी न्यूनीकरणमा नेपालले गर्‍यो लक्ष्यभन्दा बढी प्रगति

गरिबी न्यूनीकरणमा नेपालले गर्‍यो लक्ष्यभन्दा बढी प्रगति

नेपालखबर
माघ २६, २०७७ सोमबार १:४३,

गरिबी न्यूनीकरणमा नेपालले लक्ष्यभन्दा बढी प्रगति गरेको छ। सन् २०१५ देखि २०१९ को अवधिमा गरिबी निवारणमा नेपालले लक्ष्यभन्दा बढी प्रगति गरेको हो।

बहुआयमिक गरिबी सूचकांक सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने सरकारी लक्ष्य थियो। तर, बहुआयमिक गरिबी २८.६ प्रतिशतमा झारेर लक्ष्यभन्दा बढी प्रगति गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ।

नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशत र बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको राष्ट्रिय योजना आयोगले आइतबार सार्वजनिक गरेको दिगो विकास लक्ष्य प्रगति समीक्षा, २०१६–२०१९ प्रतिवेदनमा उल्लेख छ।

आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले हालसम्म दिगो विकास लक्ष्यको प्रगति मिश्रित रहेको बताए। कार्यक्रममा दिगो विकास लक्ष्य प्रगति समीक्षा, २०१६–२०१९ प्रतिवेदन र दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका, २०२० सार्वजनिक गरिएको थियो।

प्रतिदिन १.९० डलर (पीपीपी मूल्य) आयभन्दा मुनि रहेको नेपालको जनसङ्ख्या सन् २०१५ मा ३६ प्रतिशत थियो। त्यो घटेर अहिले (२०१९) १५ प्रतिशतमा झरेको छ । जुन २०१९ को लक्ष्य २८.२ प्रतिशतभन्दा धेरै हो । यो दरलाई २०३० सम्ममा आठ प्रतिशतमा झार्ने लक्ष्य सरकारले लिएको छ।

दिगो विकास लक्ष्य (२०१६–२०३०) लागू हुनुअघि (२०१५) ४४.२ प्रतिशत रहेको बहुआयमिक गरिबी सूचकांक सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने लक्ष्य रहेकामा २८.६ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ। यो लक्ष्यभन्दा बढी प्रगति हो ।

त्यसैगरी शिक्षा क्षेत्रमा पनि नेपालले राम्रो प्रगति गरेको छ भने महिला सशक्तीकरणका क्षेत्रमा नेपालले राम्रो सुधार गरेको प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad