कस्मिरको विषयमा दशकौंयता जारी विवाद वार्तामार्फत् हल गरिनुपर्ने खानको भनाइरहेको छ। तर मोदीले वार्ता नचाहेको र उनले भारतको चुनाव मात्र जित्न चाहेको खान बताउँछन्।
पाकिस्तानको उर्दुृ भाषाको पत्रिका अखबार दुनियाँका अनुसार खानले भनेका छन्,‘सन् १९४८ मा संयुक्त राष्ट्रसंघको प्रस्तावले कस्मिरलाई आफ्नो भविष्य फैसला गर्नसक्ने हक प्रदान गरेको छ। पाकिस्तानले पनि कस्मिरले आफ्नो भविष्य फैसला आफैंले गरोस् भन्ने चाहन्छ।’
कस्मिरका नागरिकले आत्मनिर्णयको अधिकार प्राप्त गरे उनीहरुले पाकिस्तानको हकमा फैसला गर्ने खानको दाबी छ। पाकिस्तानले कस्मिरलाई स्वतन्त्र हुने अथवा पाकिस्तानकै हिस्सा बन्ने अधिकार प्रदान गर्ने पनि खानको भनाइ छ।

हाल कस्मिरी क्षेत्रमा भारत र पाकिस्तान दुवैको नियन्त्रण छ। यी दुई देशबीच त्यहाँ बेलाबेला हिंसा भइरहन्छ।
खान भन्छन्,‘मोदीसँग वार्तामार्फत् कस्मिर विवाद हल गर्ने कोसिस गरेको थिए। फेरि भन्छुः छलफलबाहेकले विवाद टुंगिदैन। सुरुवातमा भारतले किन वार्ता चाहँदैन भनेर बुझेका थिएनौं, पछि पुलुवामाको घटनापछि थाहा भयो मोदी वार्ता चाहँदैनन्, उनी चुनाव जित्न चाहन्छन्।’
भारतले सन् २०१९ अगष्ट ५ मा कस्मिरलाई प्रदान गरेको विशेषाधिकार हटाएको थियो। उक्त निर्णय फिर्ता लिनुपर्ने र वार्ता गर्नुपर्ने खानको भनाइरहेको छ। बीबीसीहिन्दी

प्रतिक्रिया