राजनीति


चीनसँग सहकार्य गर्ने बाइडेनको संकेत

चीनसँग सहकार्य गर्ने बाइडेनको संकेत

नेपालखबर
माघ २४, २०७७ शनिबार २३:१८,

अमेरिकाका राष्ट्रपति जो बाइडेनले विश्वको आर्थिक वृद्धिका लागि प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु महत्वपूर्ण रहेको बताएका छन्।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेको भर्खर एक महिना भएका बाइडेनले विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको संकेत गरेका हुन्।

बाइडेनको यो भनाइले रिपब्लिकन नेता डोनाल्ड ट्रम्प सत्तामा आएपछि चर्किएको चीन–अमेरिका व्यापार विवाद पनि कूटनीतिक माध्यमबाट समाधान गर्ने लक्षण देखिएको छ। 

विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन–अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो।

ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसाय विकासमा समस्या आएको समय नवनिर्वाचित बाइडेन राष्ट्रपतिबाट विश्वका प्रमुख अर्थतन्त्रबीच सहकार्यमा दिएको महत्वले विश्वकै अर्थतन्त्रमा सुधार हुने आशा पलाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad