राजनीति


सिनजियाङ, तिब्बत र हङकङको मानवअधिकार तथा लोकतान्त्रिक मान्यताको पक्षमा अमेरिका

सिनजियाङ, तिब्बत र हङकङको मानवअधिकार तथा लोकतान्त्रिक मान्यताको पक्षमा अमेरिका

नेपालखबर
माघ २४, २०७७ शनिबार १३:५८,

उक्त टेलिफोन वार्तामा ब्लिंकनले अमेरिकाले आफ्ना सहयोगीहरुसँग मिलेर चीनलाई क्षेत्रीय स्थिरतालाई चुनौती दिएकोमा उत्तरदायी बनाउने बताएका छन्। उनले अमेरिका सँधै मानवअधिकारको पक्षमा खडा हुने पनि बताए।

याङ जेइची चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पनि हुन्। एससीएमपीका अनुसार याङको वरियता विदेशमन्त्री वाङ यी भन्दा माथि हो।

अमेरिकी विदेशमन्त्रालयले ब्लिंकन र जेइचीबीच टेलिफोन वार्ता भएको बताउँदै भनेको छ,‘विदेशमन्त्री ब्लिंकनले अमेरिका सिनजियाङ, तिब्बत र हङकङको मानवअधिकार र लोकतान्त्रिक मान्यताको पक्षमा उभिएको बताए। उनले म्यान्मारको सैन्य कूविरद्धको निन्दामा चीनलाई अन्तर्राष्ट्रिय समुदायमा सामेल हुन दबाब दिए।’

विज्ञप्तीमा भनिएको छ,‘हाम्रा विदेशमन्त्रीले चीनलाई इन्डो प्यासिफिक, ताइवान स्ट्रेट तथा अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दिएकोमा आफ्ना साझेदार मुलुकसँग मिलेर साझा मूल्य मान्यता र हितको रक्षा गर्दै चीनलाई उत्तरदायी बनाउने स्पष्ट पारे।’

चिनियाँ प्रान्त सिनजियाङमा चीनले मानवअधिकारको उल्लंघन गरेर अल्पसंख्यक उइगर मुस्लिमाथि दमन गरेको उनीहरुको श्रम शोषण गरेको अमेरिकाले आरोप लगाउँदै छ।

साथै अमेरिकाले हङकङमा मुख्य क्षेत्र चीनले सुरक्षा कानुन लागू गरिदिएपछि त्यहाँ स्वतन्त्रता हुनुपर्ने बताउँदै आएको छ। यस्तै तिब्बतीको सन्दर्भमा त अमेरिकाले कानुन नै बनाएको छ।

नयाँ दलाई लामा छान्न चीनले दबाब दिए अमेरिकाले कानुनअनुसार चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउन पाउँछ।

अमेरिकाले इन्डोप्यासिफिक खुला र स्वतन्त्र हुनुपर्ने बताउँदै दक्षिण चीन सागरमा सैन्य अभ्यास गर्दै आएको छ। चिनियाँ जहाजहरु चीन र चीनले आफ्नो भएको दाबी गर्ने ताइवानको समुद्री सिमानामै पुग्ने गरेको छ।

यी सबै कार्यबाट चीन अमेरिकासँग रुष्ट छ। यो सबै विषयलाई चीनले आन्तरिक विषय भएको बताउँछ।

यसबीचमा अमेरिकाले चीनलाई मानवअधिकार उल्लंघन, लोकतन्त्रको मूल्य मान्यता मिचेको तथा क्षेत्रीय अस्थिरता निम्त्याएकोमा जिम्मेवार ठहर्याउने बताएको हो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad