समाज


द्वन्द्व पीडितलाई न्याय दिलाउन माग गर्दै ३९ वटा संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

द्वन्द्व पीडितलाई न्याय दिलाउन माग गर्दै ३९ वटा संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १४:१७,

द्वन्द्व पीडितको अधिकारका लागि अभियानरत ३९ वटा द्वन्द्व पीडित संघ–संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई द्वन्द्व पीडितलाई न्याय प्रदान गर्न माग गरेका छन्।

द्वन्द्व पीडित साझा चौतारीलगायतका संगठनहरुले विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया अवलम्बन गर्नका लागि गम्भीर ध्यानाकर्षण पत्र प्रस्तुत गरेका हुन्।

संक्रमणकालीन न्याय सम्बन्धी कानून र संयन्त्रहरु दुवै आफ्नो कार्यावधिको अन्तिम अवस्थामा आईपुग्दा द्वन्द्व पीडित समुदायले संयुक्त रुपमा आफ्ना सरोकार प्रस्तुत गरेको उनीहरुले जनाएका छन्।

‘शान्ति प्रक्रियाको अभिन्न अङ्गको रुपमा रहेको द्वन्द्वकालमा द्वन्द्वरत पक्षहरुद्वारा गरिएका मानवअधिकार उल्लंघनका घटनाहरुको सत्यतथ्य अनन्वेषण गरी पीडितलाई सत्य, न्याय, परिपूरण र पीडकलाई दण्डसजाय एवम् दण्डहीनताको अन्त्य गर्ने संक्रमणकालीन न्याय प्रक्रियाको ठोस र इमान्दार पहल विस्तृत शान्ति सम्झौताको १४ वर्षसम्ममा पनि हुन नसकेको’ द्वन्द्व पीडित साझा चौतारीकी अध्यक्ष मैना कार्कीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad