राजनीति


कुन पार्टी मूल पार्टी भन्ने कुराको टुंगो आजबाट लाग्यो, फैसला भयो : ओली

कुन पार्टी मूल पार्टी भन्ने कुराको टुंगो आजबाट लाग्यो, फैसला भयो : ओली

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ८:५०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट कुन नेकपा मूल पार्टी हो भन्ने कुराको टुंगो लागेको बताएका छन्।

आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार उपत्यकामा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यक्रममा मान्छे बस्ने ठाउँ नपुगेको भन्दै आफूहरु मूल पार्टी भएको दावी गरे।

उनले आफ्नो पार्टी कम्युनिस्ट पार्टीको मूल पार्टी मात्रै नभएर देशकै मूल पार्टी भएको दावी गरे।

‘मूल पार्टी कुन हो भन्ने कुरामा अहिले पनि कोही अलमलमा छ भने कठैबरा भन्न सकिन्छ’, उनले भने, ‘मूल पार्टी कुन हो थाहा पाउनु परेन, मूल पार्टी यही हो जहाँ तपाई हामी छौँ, यो कम्युनिस्ट पार्टीको मात्रै मूल पार्टी होइन्, देशकै मूल पार्टी हो।’

उनले आफ्नो पार्टी देश बनाउने, देशको रक्षा गर्ने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गरेर त्यसको प्रयोग गर्ने पार्टी भएको दावी गरे।

उनले नेकपा लोकतन्त्रका लागि ७ दशक संघर्ष गरेको, बलिदान दिएको र संघर्ष गरेको पार्टी भएको बताए।

‘इतिहासको हिसाबले, बर्तामानको हिसाबले र देश बनाउने संकल्प बोकेको पार्टी हुनाले, समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्ष तोकेर त्यसलाई सार्थक बनाउन लागेको हुनाले यो पार्टी नै मूल पार्टी हो’, उनले भने, ‘मलाइ लाग्छ, आजबाट कुन पार्टी मूल पार्टी, कुन खास पार्टी, कुन सक्कली र कुन नक्कली भन्ने कुराको टुंगो लाग्यो, यसको फैसला भयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad