विभाजित नेकपाको केपी ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापाले राजनीतिको केन्द्रीय नेतृत्वलाई विस्थापित गर्न खोजेका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन्।
उनले राष्ट्रपति, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र पार्टी नेतृत्व गर्ने पार्टी अध्यक्षलाई अपदस्थ गर्ने षडयन्त्र गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताए।
‘यी तीनवटै राजनीतिक नेतृत्वलाई अपदस्थ गर्ने षडयन्त्रका कारण यो अस्थिरता निम्तिएको हो, यो आन्दोलनको अवस्था आएको हो,’ विभाजित नेकपाको ओली पक्षद्वारा काठमाडौंमा आयोजित आमसभामा धारणा राख्दै थापाले भने, ‘सरकार र पार्टीको नेतृत्वलाई विस्थापित गर्ने र सम्मानीय राष्ट्रपतिलाई विस्थापित र अपमान गर्ने षडयन्त्रसँग यो अहिलेको अवस्था जोडिएको छ।’

प्रतिक्रिया